

इनरुवा । सुनसरी धरान उप-महानरपालिका-१६ स्थित प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ११ गते लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलिले धरान उप-महानरपालिका-८ की २९ बर्षीय सुस्मा तामाङको कोठाबाट प्रतिबन्धित औषधी ट्रमाडोल-३२१० क्याप्सुल, स्पासरेस्ट-१६६० ट्याब्लेट र स्पापेन- ७३० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-४ स्थित अस्थायी प्रहरी चौकी बगाहाबाट गस्तिमा खटिएको प्रहरी टोलिले गाईघाट कदमाहा सडक खण्डमा वेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल-५०० पिस ट्यावलेट बरामदको छ ।