

इटहरीमा । सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित नेशनल गल्लीमा निबिधा मेनपावरको भव्य उद्घाटन गरिएको छ। युवा व्यवसायी निखिल देबको निर्देशनमा सञ्चालनमा आएको यो मेनपावरले युरोपका विभिन्न देशहरू, मोरिसस, रोमानिया, र खाडी मुलुकहरूमा वर्किङ भिसामा काम गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
निखिल देबले यस अघि इटहरीको आइताबारेमा डल्फिन कन्सलटेन्सी एजुकेसन सञ्चालनमा ल्याएका थिए। उनले अब फेरि थप मेनपावर सेवाहरू उपलब्ध गराउँदै इटहरीमा निबिधा मेनपावर स्थापना गरेका हुन्। उनका अनुसार नयाँ वर्षको अवसरमा नयाँ कामको थालनी गर्दै मेनपावर सेवा विस्तार गरिएको हो।
यस मेनपावर कम्पनीबाट विदेशमा रोजगार खोज्ने युवा वर्गलाई सहज तथा विश्वासिलो सेवा प्रदान गरिने प्रतिबद्धता गरिएको छ। वर्किङ भिसा प्राप्त गर्न आवश्यक परामर्शका लागि कम्पनीले विशेष व्यवस्थाहरू समेत मिलाएको छ। भनी निर्देशक निखिल देबले जानकारी दिनु भयो ।
उद्घाटन समारोहमा स्थानीय व्यवसायी, राजनीतिक व्यक्तित्व, शैक्षिक एवं बौद्धिक ब्यक्ति र इच्छुक सेवाग्राहीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।