सुनसरीको हरिनगरबाट १०७  किलो गाँजासहित दुईजना पक्राउ

Logo
हाम्रो पालिका खबर शुक्रबार, पुष १२, २०८१

 

सुनसरी । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका–७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।प्रहरीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको अवस्थामा लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ निवासी २० वर्षीय आलम अन्सारी र सहचालक ४४ वर्षीय मन्जुल मियालाई नियन्त्रणमा लिएको हो।ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टका अनुसार पक्राउ परेका दुबै व्यक्तिलाई लागू औषध गाँजा र अटो सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ।

यसै क्रममा, जिल्ला प्रहरी कार्यालय सुनसरीका नायब उपरीक्षक राम प्रसाद तिमल्सिनाले लागू औषध ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि गहिरो अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ।पक्राउ परेका व्यक्तिहरूलाई लागू औषध सम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]