सुनसरी , मोरङ र झापाबाट लागुऔषध सहित ५ जना पक्राउ

Logo
हाम्रो पालिका खबर शुक्रबार, पुष १२, २०८१

 

विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १० गते दिउँसो झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-२ का ४६ बर्षीय जीत नारायाण श्रेष्ठलाई १ ग्राम २१ मिलिग्राम ब्राउन सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय पकली सुनसरीले ९० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१८ का ५९ बर्षीय महिद मिया र उनकै ३० बर्षीय छोरा इब्राम मियालाई पक्राउ गरेको छ भने, अस्थायी प्रहरी चौकी तीनकुनेले धरान-८ का ३० बर्षीय संजोग तामाङ र २४ बर्षीय रुक्सन पाख्रिनलाई २०६ चक्की ट्रामाडोल र स्पासपेन सहित पक्राउ गरेको हो । यसै गरी मोरङको सुनवर्षी नगरपालिका-६ स्थितमा बेबारिसे अबस्थामा रहेको २५ किलोग्राम लागुऔषध गाँजा प्रहरी चौकी झपडतलले बरामद गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]