। इनरुवा । सुनसरीको कोशी गाउँपालिका–३ कान्छी चौकमा नेपालीहरुको महान पर्व छठको अवसर पारेर कोशी समुदाय युवा क्लबको आयोजनामा छठपुजामा विशेष साँस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको छ ।
परम्परागत धर्म, संस्कृति, तथा विभिन्न जातजातिका संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले कोशी समुदाय युवा क्लबले यो कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको सभापतिको रूपमा क्लबका अध्यक्ष जेनिथ कुमार साह रहनु भएको थियो । भने प्रमुख अतिथिको रूपमा कोशी गाउँपालिका-३ का वडा अध्यक्ष सुलेमान मन्सुरी रहनु भएको थियो । त्यसैगरी विशिष्ट अतिथिको रूपमा स्याम सुन्दर सिंह , गंगा प्रसाद यादव , कुरुवान मन्सुरी , सराउदिन अन्सारी , सुराज गिरि रहनु भएको थियो ।त्यसैगरि अतिथि को रूपमा बिरेन्द्र गौतम ,रामदेब चौधरी ,
चक्र तिमिल्सिना , हजरत मन्सुरी , हरिकृष्ण राउत , मक्सुदन राउत , राजकिसोर सरदार , राजकुमार यादव ,असोक कुमार साह लगाएत छठ पर्व गर्ने भक्तजन , सुरक्षा कर्मी , सन्चारकार्मी , शैक्षिक , बौद्धिक ,राजनैतिक , स्थानीय समाज सेवि बुद्धिजीवी ब्यक्तिहरुको बाक्लो उपस्तिथिमा उक्त कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रमले छठ पर्वको महत्त्वलाई उजागर गर्दै विविध साँस्कृतिक प्रस्तुतिहरू सुनसरी स्टार बोर्डिङ स्कुलका बिद्यार्थी हरु र युनिभर्स डान्स सेन्टरबाट चर्चित कलाकार हरुको उपस्तिथिमा को माध्यमबाट स्थानीय र बाह्य दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेकोे थियो ।
कोशी समुदाय युवा क्लब सामाजिक सेवामा समर्पित क्लबको
स्थापना २०७८ सालमा स्थापना भएको थियो । यश कल्बले स्थानीय समुदायको सशक्तीकरण, सामाजिक विकास, र युवा बिद्यार्थी हरुको जमातको सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्य रहेकोे र कोशी समुदाय युवा क्लबको मुख्य उद्देश्य रहेको स्थानीय क्षेत्रमा युवाहरूलाई सामाजिक कार्यमा संलग्न गराउनु हो। क्लबले बिगतको दिनमा आराक्षण संरक्षण सम्बन्धि अभियान , बृहत बृक्षरोपण , अँखा सिविर कार्यक्रम साथै सामाजिक गतिविधिहरूमा सामुदायिक विकास, जनचेतनामुलक अभियान, वातावरण संरक्षण जस्ता अन्य विभिन्न काम यस क्लबको नेतृत्वमा भएको भनी कोशी समुदाय युवा क्लबको अध्यक्ष जेनिथ कुमार साहले बताउनु भयो । साथै क्लबको भावी योजनाहरू अन्तर्गत
युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने,सरसफाइ अभियान सञ्चालन गर्ने,सामाजिक अभियानमा सरिक हुने ,दीर्घकालीन सामाजिक विकासका परियोजनाहरू लागू गर्ने योजना बनाएको छ।
कोशी समुदाय युवा क्लबले समुदायको समग्र विकास र सामाजिक सेवामा आफ्नो विशेष पहिचान बनाउँदै आएका छन।
कार्यक्रममा स्थानीयवासीहरूलाई विशेष महत्त्वका साथ आमन्त्रित गरिएकाले यसले समुदायमा सकारात्मक सन्देश दिने विश्वास गरिएको थियोे । साथै कोशी टप्पु बन्यजन्तु आरक्षण भएको कारणले गर्दा यस कार्यक्रमको आयोजना मार्फत अन्तारिक पर्यटकहरूको आकर्षण समेत बढ्ने अपेक्षा गरिएका छन। जसले क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने आयोजकको भनाइ छ। यो क्लबमा सक्रिय रूपमा कोशी समुदाय युवा क्लबका युवाहरु अध्यक्ष जेनिथ कुमार साह,उपाध्यक्ष पंकज यादव,कोषाध्यक्ष जागृती यादव,सचिव रितेश यादव, सह–सचिव, पप्पु कुमार राउत रहेका छन् भने सदस्यहरुमा प्रिति यादव ,अजय राउत, विजय कुमार शर्मा,अब्दुल राकिव, जुबेर मन्सुरी,स्याम कुमार सरदार,
सरोज कुमार उराँउ,साकिव अन्सारी,टिकाराम सरदार ,
सुदिप मगर,समिम मन्सुरी र साजिद अन्सारी रहेको थियो ।
युवाहरुको आवद्ध यस कल्बमा कोशी गाउँपालिकाकै उत्कृष्ट क्लब बन्न सफल भएको स्थानीयले बताउँछन् ।
कोशी समुदाय युवा क्लब र कोशी गाउँपालिका,ब्यवसायी , स्थानीय ब्यक्ति विभिन्न संघ संस्थाको सहयोगमा परम्परागत छठ पर्वको महत्त्व र यसको संरक्षणको गर्ने उद्देश सहित कार्यक्रम गरेको र अतिथि ,कलाकार ,लगाएत अन्य ब्यक्तिहरुलाई प्रमाणपत्र सहित संमान गरेर कार्यक्रम भब्यताका साथ सम्पन्न भएको आयोजकले जनाएको छ ।