इनरुवा । सुनसरीको भोक्राहा नरसिंह १ स्थिति रहेकोे श्री शारदा माध्यमिक विद्यालयमा एक दिने डेँगि रोकथाम तथा नियन्त्रण सम्बन्धि विद्यार्थिहरुलाइ शिक्षा कार्यक्रम गरिएको छ । शुक्रवार विहान ८ बजे विद्यालयमा तथा वरिपरि क्षेत्रमा डेगि रोग सम्बन्धि सचेतना अभ्यास कार्यक्रम गरिएको हो।
नेपालमा केही बर्ष यता देखि डेँगि रोग दिन प्रतिदिन बाढै गएको कारणले भोक्राहा नरसिंह गाउँपालिकाले रोकथाम तथा नियन्त्रण सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि रोकथाम तथा नियन्त्रणमा लागि परेकोे स्वास्थय शाखालका संयोजक हिरा लाल साहले जनाएको छ ।
रोकथाम तथा नियन्त्रणकै क्रमा शुक्रबार स्वास्थय शाखाका कर्मचारीको टिमले श्री शारदा माद्यामिक विद्यालयमा पुगि डेगि रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम गरिएको स्वास्थय शाखा सह – संयोजक सुनिता साहले जनाएको छ ।
डेँगि रोग कसरी लाग्छ । लागेपछि कसरी नियन्त्रण गर्ने र लागनै नदिनका लागि घरवरिपरी के कस्ता उपायहरु अपनाउनु पर्ने हुन्छ । भन्ने लगायतका विषय बस्तुको सहभागी लगभग ६० विद्यार्थिहरुलाइ जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको सहजीकरण H. A . देव सुन्दर मेहता , प्रदीप यादव लगायतकाले गर्नु भएको थियो ।