इनरुवा । कोशी व्यारेजमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलिएको छ ।
लगातारको बर्षाको कारण पानीको बहाव बढेको हो ।
शनिबार विहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार २८५ क्युसेक पुगेको कोशी ब्यारेजले जनाएको छ । ब्यारेजका अनुसार पानीको उच्च बहावको कारण कोशी
ब्यारेजको ५६ वटै ढोका खोलिएका छन। भने कोशी व्यारेजको दुबै तर्फ रातो बति बालिएको जनाएको छ ।