कोशीटप्पु होटलको स्टोर जलेर नष्ट, चार लाख बढीको क्षती

Logo
हाम्रो पालिका खबर आइतबार, आश्विन ०६, २०८१

कोशी ।  सुनसरीको काशी गाउँपालिका ३ पश्चिम कुशाहाको कोशीटप्पु होटलको स्टोरमा आगलागी हुदाँ चार लाख ५० हजार रुपियाँ बढीको समान जलेर नष्ट भएको छ । आईतबार विहान भएको आगलागीमा होटेलमा रहेको स्टोर जलेर नष्ट भएको सञ्चालक बैजु मण्डलले जानकारी दिनुभयो । प्रहरीका अनुसार जिल्लाको कोशी गाउपालिका ३ पश्चिम कुशाहा भीमकाली गुल्म हेड क्वटारको १ नम्बर गेटको ५० मिटर दक्षिणमा रहेको कोशीटप्पु होटलमा बिजुल सर्ट भई आगलागी भएको हो । आगलागी हुदाँ होटलको स्टोरको समर्पूण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । स्टोरमा रहेको कपडा, खाध्यान र भौतीक संरचना सहित सो बराबरको क्षती भएको हो । नेपाली सेना र सशस्त्र प्रहरी, कोशी र इनरुवाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको श्रीपुर सशस्त्र वेश क्याम्पका सशस्त्र प्रहरी निरीक्षक सुदर्शन खातिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]