अधिवेशन सम्पन्न, मन्त्री मण्डलद्वारा उद्घाटन

Logo
हाम्रो पालिका खबर सोमबार, चैत्र २४, २०८१

 

रविन्द्र कुमार यादव ,उदयपुर । होटल व्यवसायी तथा पर्यटन व्यवसायी संघ उदयपुरको प्रथम साधारण सभा तथा अधिवेशन एक भव्य समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री श्री सदानन्द मण्डल प्रमुख अतिथिका रूपमा उपस्थित भई उद्घाटन गर्नु भयो।

उद्घाटन सत्रमा मन्तव्य व्यक्त गर्दै मन्त्री मण्डलले कोशी प्रदेश पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै पर्यटन क्षेत्रको दिगो विकासका लागि सरकार गम्भीर र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले “पर्यटन वर्ष २०८२” सफल बनाउन सरकारद्वारा गरिएका प्रयासहरूको चर्चा गर्दै यस वर्ष पर्यटन क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरिएको दाबी गर्नुभयो।

“कोशी प्रदेशलाई नेपालको नमुना प्रदेश बनाउने लक्ष्यसहित पर्यटन, वातावरण र पूर्वाधार विकासका विविध कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ,” मन्त्री मण्डलले भन्नुभयो। साथै, उहाँले यस्ता कार्यक्रमहरू स्थानीय तहमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै अधिवेशनको सफलताको शुभकामना दिनुभयो।

कार्यक्रममा विभिन्न जिल्लाबाट सहभागी पर्यटन व्यवसायीहरू, संघका पदाधिकारीहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। अधिवेशनले पर्यटन व्यवसायीहरूलाई संगठित गर्दै कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: surendramehta2078@gmail.com