कोशी सभामुख विष्टद्वारा फागु पूर्णिमा अर्थात होलिपर्वको शुभकामना

Logo
सुरेन्द्र कुशवाहा बिहिबार, फाल्गुण २९, २०८१

 

सुनसरी – कोशी प्रदेश सभामुख माननीय अम्बर बाहदुर विष्टले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई फागु पूर्णिमा अर्थात् होलिपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

सभामुख विष्टले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै फागु पूर्णिमालाई हर्ष, उमङ्ग, प्रेम, र सद्भावको पर्वका रूपमा स्मरण गरेका छन्। उनले यस पर्वलाई वसन्तोत्सव र मदनोत्सवका रूपमा समेत चिनिने उल्लेख गर्दै प्राकृतिक पुनर्जागरणको प्रतीकका रूपमा मनाउने परम्परा रहेको बताए।

“फागु पूर्णिमा वसन्त ऋतुको आगमनसँगै हर्षोल्लास र प्रेमको उत्सव हो। यस पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव, र भाइचाराको भावना बढाउने विश्वास लिइन्छ,” माननीय सभामुख विष्ट्ले बताउनु भयो। साथै सम्पूर्ण नेपालीलाई रंग, उमङ्ग, र सौहार्दताको यस पवित्र पर्वलाई मर्यादित, सुरक्षित, र सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गरेका छन्।

“फागु पूर्णिमाले सबैमा सुख, शान्ति, समृद्धि, र उज्ज्वल भविष्यको प्रेरणा प्रदान गरोस्। ह्याप्पी होली।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: surendramehta2078@gmail.com