

सुनसरी । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री मा. सदानन्द मण्डलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
मन्त्री मण्डलले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै फागु पूर्णिमालाई हर्ष, उमङ्ग, प्रेम, र सद्भावको पर्वका रूपमा स्मरण गरेका छन्। उनले यस पर्वलाई वसन्तोत्सव र मदनोत्सवका रूपमा समेत चिनिने उल्लेख गर्दै प्राकृतिक पुनर्जागरणको प्रतीकका रूपमा मनाउने परम्परा रहेको बताए।
“फागु पूर्णिमा वसन्त ऋतुको आगमनसँगै हर्षोल्लास र प्रेमको उत्सव हो। यस पर्वले समाजमा आपसी मेलमिलाप, सद्भाव, र भाइचाराको भावना बढाउने विश्वास लिइन्छ,” मन्त्री मण्डलले भने।
यस अवसरमा मन्त्री मण्डलले सम्पूर्ण नेपालीलाई रंग, उमङ्ग, र सौहार्दताको यस पवित्र पर्वलाई मर्यादित, सुरक्षित, र सौहार्दपूर्ण वातावरणमा मनाउन आग्रह गरेका छन्।
“फागु पूर्णिमाले सबैमा सुख, शान्ति, समृद्धि, र उज्ज्वल भविष्यको प्रेरणा प्रदान गरोस्। ह्याप्पी होली!” मन्त्री मण्डलले शुभकामना व्यक्त गरेका थिए ।