प्रतिबन्धित लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा

Logo
हाम्रो पालिका खबर शुक्रबार, फाल्गुण १६, २०८१

 

विराटनगर ।  झापा र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् ।

फागुन १५ गते लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र मेची बिट झापाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले भारतबाट भद्रपुर तर्फ आउँदै गरेका झापा अर्जुनधरा नगरपालिका-५ का २२ बर्षीय प्रेमा तामाङलाई लागुऔषध ब्राउनसुगर १ ग्राम १ मिलिग्राम, भद्रपुर नगरपालिका-९ का २६ बर्षीय दिपेन्द्र खापुङ्लाई ब्राउनसुगर १ ग्राम १३ मिलिग्राम, दमक नगरपालिका-४ का २३ बर्षीय संजित राईलाई ब्राउनसुगर २ ग्राम २८ मिलिग्राम, ईलामको माई नगरपालिका-१ का २६ बर्षीय रोमन श्रेष्ठ र ४६ बर्षीय कृष्ण बहादुरलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ५७ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने फागुन १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-७ पशुहाट स्थितबाट झापा कमल गाँउपालिका-३ का २४ बर्षीय समर लिम्बुको साथबाट प्रतिबन्धित औषधी ५० पिस फेला पारी नियन्त्रणमा लिएको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट फागुन १५ गते खटिएको प्रहरी विराटनगर-१५ स्थितबाट धरान उप-महानगरपालिका-१७ का ३८ बर्षीय जीवन राईलाई प्रतिबन्धित औषधी ६० एम्पुल सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

#फाइल तस्बिर

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]