महा शिवरात्रीको अवसरमा भोक्राहा जलेश्वर शिव मन्दीरको कलश यात्रा सम्पन्न

Logo
सुरेन्द्र कुशवाहा बिहिबार, फाल्गुण १५, २०८१

 

भोक्राहा । महा शिवरात्रि पर्वको अवसरमा भोक्राहा नरसिंह गाउँपालिका २ अकाहा बजारमा रहेको जलेश्वर शिव मन्दिर बाट कलश यात्रा निकालिएको छ ।

बुधबार विहान करिब ९ बजेको समयमा २ सय ५१ जना महिला तथा युवतिहरुको सहभागितामा कलश यात्रा निकालिएको हो ।

प्रत्येक बर्ष झै यस बर्ष पनि महा शिवरात्रीपर्व एवम् शिव जन्म उत्सव तथा मानव कल्याणको निम्ति कलश यात्रा निकालिएको जलेश्वर शिव मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष सुनिल पोदारले जानकारी दिनु भयो।

पोदारका अनुसार धार्मिक आस्था राखेका विचमा शुभकामना साटासाट र बर्तालुहरुका लागि जल अर्पण गर्न सहजताका लागि कलश यात्रा निकालिएको हो । कलश यात्रा मन्दिर प्राङ्गण बाट सुरु भइ ढोकको सुनसरी खोला घाटमा जल लिइ पुनः मन्दिरमा अर्पण गरि कलश यात्रा सम्पन्न गरेको मन्दिर वयवस्थापन समितिका सचिव शीत कुमार मेहताले जानकारी दिनु भएको छ ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]