

दोस्रो लोक साँस्कृतिक कार्यक्रम सुनसरीको आयोजनामा र कुडुख म्यूजिक समूहको सह-आयोजनामा आयोजित दोश्रो उराँव साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी गढी गाउपालिका-४, छिटाहाका सावन उराँवले ऐतिहासिक कार्यक्रम भएको प्रतिक्रिया दिनुभयो । नृत्य प्रस्तुत गर्नुभएकोलाईको कलाको सम्मान गर्दै सम्मान स्वरुप खादा र सम्मान पत्र प्रदान गरिएको जनाएको छ । पुरस्कार तथा सम्मान पत्र संस्थाका अध्यक्ष बेचन उराँव , सचिव सम्पत लाल उराँव,कोषाध्यक्ष रामलाल उरांव र प्रमुख अतिथि इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले सहभागीलाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानको योजनामा दोस्रो उराँव लोक सांसस्कृतिक कार्यक्रम २०८१ भव्यताको साथ सम्पन्न भएको जनाएको छ । कार्यक्रममा काेशी प्रदेशकाे तीन जिल्लाका उराँव कलाकार तथा साहित्यकारहरुकाे सहभागीता रहेको थियो । सुनसरीकाे भोक्राहा नरसिंह , इनरुवा नगरपालिका , गढी गाउँपालिका, दुहबी नगरपालिका , बर्जु गाउँपालिका देवानगन्ज ,हरिनगर बराहक्षेत्र नगरपालिका साथै मोरङकाे विराटनगर , बुढीगगा , सुन्दहरैचा, पथरी शनिश्चरे , कटहरी र उदायपुरको बेलका नगरपालिका लगायतका ३ जिल्लाभरका उराँव युवा विद्यार्थि कलाकारहरुको सहभागिता रहेकोे प्रतिष्ठानका अध्यक्ष अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो।
अध्यक्ष उराँवका अनुसार उराँव समुदायको प्रतिभा प्रस्फुटनका लागि दोस्रो उराँव लोक सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकोहो । उराँव तथा कुडुख भाषाको माैलिक गित तथा नृत्य प्रस्तुत गरेको थियो । कोशी प्रदेशका तीन जिल्लाका २० समुहमा ८३ जना प्रतियोगीहरुले अभिनय गरेका थिए । कार्यक्रमा सहभागी भएकाहरुले आफ्नो कला र प्रतिभा प्रस्तुत गरेका ८३ जना लाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरेको प्रतिष्ठानका सम्पतलाल उराँवले जानकारी दिनु भयो।
कार्यक्रम नेपाली उराँव आदिवासी जनजाति प्रतिष्ठान र कुरुख संगीत समूह कोशिको सन्युक्त योजनामा सम्पन्न भएको प्रतिष्ठानका कुमार उराँवले जानकारी दिनु भयो। कार्यक्रमको उद्घाटन इनरुवा नगरपालिका प्रमुख केदार भण्डारीले गर्नु भएको थियो । भने समापन्न कार्यक्रमा प्रतिष्ठाका पदाधिकारी सहित पत्रकार जयकृष्ण यादव , सुरेन्द्र कुशवाहा लगायतकाले पुरस्कार तथा सम्मान हस्तान्तरण गर्नु भएको थियो ।