लागुऔषध सहित मेडिकल संचालक दम्पती र अर्का एक दम्पती पक्राउ

Logo
हाम्रो पालिका खबर मंगलबार, माघ १५, २०८१

 

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-३ गौधारा स्थितबाट मेडिकल संचालक दम्पती र धरान-८ स्थितबाट अर्का एक दम्पतीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । माघ १४ गते राती मेडिकल पसलमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पसल भित्र खानतलासी गर्दा काटुनमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल संचालक धरान-३ का ४१ बर्षीय सुरज वनेम र उनको श्रीमती ४२ बर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो ।
यसैगरी धरान-८ का ३१ बर्षीय सन्तोष परियार र उनको श्रीमती २० बर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोवार गरीरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।
लागुऔषध सहित परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]