

मोरङ्ग । सुनवर्षी नगरपालिका वडा नं. १०, काँटा महाराजथान परिसरमा २०८१ माघ १२ गते शनिबारका दिन काँटा महाराजथान संरक्षण तथा प्रवर्द्धन संस्थाको प्रथम वार्षिक साधारण सभा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री माननीय श्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भयो।
सभामा सुनवर्षी नगरपालिकाका प्रमुख, उपप्रमुख, विभिन्न वडाध्यक्षहरू, स्थानीय प्रतिनिधित्व गर्ने संस्थाका अध्यक्षहरू, विशिष्ट अतिथि पत्रकार लगायतको उपस्थिति थियो।
संस्थाका अध्यक्ष श्री महेश्वर प्रसाद राजवंशीको अध्यक्षतामा सम्पन्न सभामा काँटा महाराजथान क्षेत्रको संरक्षण, संवर्द्धन र पर्यटन प्रवर्द्धनका लागि विभिन्न योजनाहरू सार्वजनिक गरियो।
मन्त्री मण्डलले आफ्नो सम्बोधनमा काँटा महाराजथानजस्ता ऐतिहासिक र सांस्कृतिक धरोहरहरूको संरक्षणले प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवाहरू, संस्थाका सदस्यहरू तथा आम सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको सहकार्यको आवश्यकता औंल्याउँदै थप योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।