

सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिकाका कक्षा आठ, नौ र दशमा अध्ययनरत फ्यान क्लवमा आवद्ध भएका विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट वितरण गरेको छ ।
लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान जिल्ला कार्य सम्पादन समितिको आयोजनामा विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट प्रदान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले देवानगञ्ज गांउपालिकामा दुव्र्यसन विरुद्धको अभियान फ्यान क्लवमा आवद्ध भएका विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट वितरण गरिएको जनाएको छ ।
फ्यान जिल्ला कार्य सम्पादन समितिका संरक्षक एवं जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाको अध्यक्षता र देवानगञ्ज गाँउपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आथित्यतामा विद्यार्थीलाई फ्यान स्टिकर अंकित टि सर्ट वितरण गरेको छ ।
सोही अवसरमा भिते पत्रिका प्रकाशनका बारेमा प्रशिक्षण दिएको देवानगंज गाँउपालिकाका शिक्षा शाखाका राजकुमार मेहताले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अथिति बेचन प्रसाद मेहताले लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानमा योगदान गर्ने र विद्यार्थीमा रहेका प्रतिभा तथा रचना गर्ने प्रतिभा भए पनि त्यसलाई बाहिर निकाल्ने माध्याम नभएकोले भिते पत्रिकाले सार्थक पार्ने बताउनुभयो । उहाँले प्रतिभा प्रस्फुटन गर्न र लागु पदार्थ दुव्र्यसनबाट जोगिन समेत सहयोग पुग्ने उदेश्यले पाँच माविमा अध्ययनरत विद्यार्थीहरुलाई भित्ते पत्रिका लेखन तालिम प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष बिभा कुमारी यादवले विद्यालयमा हुने सबै खाले गतिविधि प्रकाशन गर्न, स्थानीय सवाल, प्रतिभा प्रस्फुटन र शिक्षक विद्यार्थीमा भएको प्रतिभा प्रष्फुटन गर्न तालिम प्रदान गरिएको बताउनभयो ।
कार्यक्रममा देवानगञ्जका शिक्षा शाखा प्रमुख, फ्यान जिल्ला कार्यसम्पादन समितिका सहसंयोजक चन्द्र बराल, सचिब रोमा रिजाल, सल्लाहाकार जयकृष्ण यादव विधालयका फोकल शिक्षकहरु शिवनारायण यादव, टिमाई यादव, पत्रकार ब्रहमदेव मेहता, विभिन्न सरकारी विधालयमा गठित क्लवका पदाधिकारीहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो ।