कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ को शुभारम्भ , १६ लाख पर्यटन भित्र्याउने

Logo
हाम्रो पालिका खबर बिहिबार, पुष १८, २०८१

 

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले आइतबार सचिवालयको उद्घाटन गरेर पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेको हो । पर्यटन वन तथा वातावरण मन्त्री मण्डलले आफ्नै संयोजकमा निजी क्षेत्रको तर्फबाट भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहलाई सह–संयोजक पदमा मनोनयन गरेर सचिवालयको स्थापना गरेका छन् ।
सह–संयोजक श्रेष्ठ र साहले आइतबारदेखि नै सचिवालयबाट पर्यटन गतिविधिलाई अगाडि बढाउने लक्ष्यका साथ काम सुरु गरेका छन् । कोशी प्रदेश सरकारले २०८२ मा १६ लाख भारतीय पर्यटक भित्र्याउने तयारी गरेका छन् । भारतको सिक्किम, विहार र उत्तर प्रदेशबाट विदेशी पर्यटक नेपाल भित्र्याउने कोशी प्रदेश सरकारले तयारी गरेका छन् ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा १० करोड रुपैयाँ बजेट विनियोजन गरेर पर्यटन वर्षको कार्यक्रमलाई अगाडि बढाएका छन् । कोशी प्रदेश सरकारले पर्यटन वर्षका लागि विनियोजन गरिएको १० करोड रुपैयाँ कर्मचारी व्यवस्थापनदेखि भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेछ । २०८२ वैशाख १ गते तेह्रथुम जिल्लाको लालिगुँरासको राजधानी तिनजुरे मिल्केमा प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षको शुभारम्भ गर्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]