इनरुवा । भारतबाट नेपालतर्फ अवैध रूपमा ब्राउन सुगर भित्र्याउने धनकुटाका ३२ वर्षीय सरन राईलाई सशस्त्र प्रहरीले पक्राउ गरिएको छ । कोशी गाउँपालिका वडा नम्बर १ मेहता टोलबाट सशस्त्र प्रहरी बल बी.ओ.पी लौकही इन्चार्ज नरायण गाेतम नेतृत्वकाे टोलीले राईलाई नियन्त्रणमा लिएको छ । राईलाई शंका लागेपछि गरिएको शरीर चेक जाँचकाे क्रममा मुखभित्र २.५ ग्राम ब्राउन सुगर लुकाएर भारतवाट नेपाल ल्याई रहेकाे क्रममा पक्राउ गरिएको लाेकही बि.ओ.पी.काे सई प्रकाश भट्टराईले वताए । प्रहरीले सरन राईलाई लागूऔषध मुद्दामा कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । यो घटनाले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार रोक्न कडाइको खाँचो रहेको प्रष्ट देखिन् छ । प्रहरीका अनुसार सीमावर्ती क्षेत्रमा यस्ता घटनाहरू निरन्तर भई रहेकाेले नियमित निगरानी र कारबाही आवश्यक रहेको छ ।