

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा-१० मा रहेको धरहरा कृषि सहकारी संस्था लिमिटेडको १९ औं वर्षिक साधारणसभा सम्पन्न भएको छ।
कृषि सहकारीको १९ औं वार्षिक साधारणसभाको अवसरमा असल ऋणि १ जना , असल बचत कर्ता -१ जना , जेष्ट नागरिक १ जनालाई सेयर सदस्य गरि जम्मा ३ जना सेयर सदस्यहरुलाई पुरस्कार तथा संमान गरेको हो।
सहकारी संस्था लिमिटेडका १ जना सेयर सदस्यको छोरी लाई नगद रु. ५ हजार हौसला स्वरुप छात्रवृत्ति प्रदान गरिएको छ ।
सहकारी संस्थाले रु.१२ लाख १० हजार ७ सय ९७ रुपैयाँ खुद नाफा गर्न सफल भएको सहकारी संस्था लिमिटेडले जनाएको हो ।
बार्षिक साधारण सभामा सभापतिको रूपमा धरहरा कृषि सहकारी संस्थाको अध्यक्ष केशब राई रहनु भएको थियो। भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष तेज बहादुर गुरुङले गर्नु भएको थियो ।
त्यसैगरि अतिथिको रूपमा गाउँबेशी कृषि सहकारी संस्थाका अध्यक्ष रबिन कुमार घिमिरे , पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रीकुमार बुढाथोकी, लालिगुरास कृषि सहकारी संस्थाका अध्यक्ष नबराज बस्नेत , रामधुनी बचत तथा ऋण सहकारी संस्थाका सचिब बलराम दाहाल , सरस्वती महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमला दाहाल,RSDC का संयोजक दिपेन्द्र गौतम लगाएत संचालक समितीका पद अधिकारहरु,कर्मचारी ,सेयर सदस्यहरू, स्थानीय समाजसेबि, शैक्षिक ,बौद्धिक ,ब्यक्ति तथा सरोकारवालाहरूको उपस्थितिमा धरहरा कृषि सहकारी संस्थाका संचालक समिति सदस्य अर्जुन अधिकारीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य संचालक समितिका उपाध्यक्षले दिनु भएको थियो । धरहरा कृषि सहकारी संस्था लिमिटेडको १९ औं वर्षिक साधारणसभामा प्रमुख अतिथि तेज बहादुर गुरुङले बताउनुभयो ।”किसानको हकहित सुनिश्चित गर्न कानुन निर्माणको हुनुपर्छ , कृषिकको जीवन स्तर उकास्न सबै निकायको ध्यानाकर्षण हुन जरुरी रहेको अध्यक्ष गुरुङले बताउनु भयो ।
धरहरा कृषि सहकारी संस्थाले विगत लामो समय देखि कृषि क्षेत्रमा संस्थाको कार्य क्षेत्र बराहक्षेत्र नगरपालिकाको वडा -९ र १० लगाएत अन्य स्थानीय समुदायमा रहेको सेयर सदस्यहरुलाई कृषिक्षेत्रमा योगदान पुर्याउदै आएको छ ।
हाल यस कृषि सहकारीमा ७ सय १७ जना सेयर सदस्य रहेका छन् । कृषि सहकारी संस्था मल , बिउबिजन ल्याउने खरिदबिक्री गरि कृषकलाई सेवा प्रदान गर्न सक्रिय रहेकोे र आउने दिनमा अझै कृषि सहकारी संस्थाको वृद्धि बिकासको लागि पर्ने धरहरा कृषि सहकारी संस्थाको अध्यक्ष केशब राईले बताउनु भयो ।
साथै साधारणसभालाई सफल बनाउन धरहरा कृषि सहकारी संस्थाको संन्चालक समितीका पदाधिकारी र कार्मचारी लगाएत अन्यको सक्रिय भूमिका निर्वाह गर्नु भएको सहकारी अध्यक्ष राइले जानकारी दिनु भयो ।