दाजुभाइ कृषि फर्मले च्याउ खेतिमा फड्को मार्दै

Logo
सुरेन्द्र कुशवाहा शुक्रबार, पुष १२, २०८१

 

इनरुवा । सुनसरीकाे बराहक्षेत्र नगरपालिका ११ मधुवनकाे दाजु भाइ कृषि फर्मले च्याउ खेतीमा फड्को मार्दै अघि बढेको छ । यश फर्ममा विगतको ४ बर्ष देखि च्याउ खेती गर्दै आएको हो । आफ्नो तालिम र लगानीमा च्याउ खेतीमा आकर्षित भएका छन ।

वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोशन गुप्ता दाजु भाइले च्याउ खेती गर्दै आएको हो।
पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्काबाट च्याउ खेती गरिएको थियो । भने अहिले ८ हजार सिलिन्डरलगाइएको दाजु भाइ कृषि फर्मका संचालक रोसन गुप्ता जानकारी दिनु भएको छ ।

च्याउ खेती गर्नका लागि १० कठ्ठा जग्गा भाडामा लिइएको छ । भने पराल र दाउरा समेत स्टोकमा राखेको जानकारी दिए।

साथै १० जना मजदुरहरुलाई समेत रोजगारी दिइएका हुन।
कृषि फर्म संचालक गुप्ताका अनुसार उत्पादन गरेको च्याउ बिक्री गर्नका लागि इनरुवा राम जानकी गूठी हटिया , झुम्का र बाङे लगायतका बजारमा १ सय ४० रुपैया देखि २ सय रुपैया सम्म थोक विक्री गर्दै आउनु साथै बजारीकरणको कुनै पनि समस्या नरहेको उहाले बताउनु भयो।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]