महिला बहुउद्देश्य सहकारी संस्था को २३ औं वार्षिक साधारणसभा

Logo
हाम्रो पालिका खबर बिहिबार, पुष ११, २०८१

 

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका-१० मा रहेको श्री प्रकासपुर महिला बहुउद्देश्य सहकारी संस्था को २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बुधबार सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको हो।
वार्षिक साधारणसभाको सभापतिको रूपमा सहकारी संस्थाको अध्यक्ष धनमाया खड्का कार्की गर्नु भएको थियो।
भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की रहनु भएकान थिए । विशिष्ट अतिथीको रूपमा बराहक्षेत्र नगरपालिका सहकारी शाखा प्रमुख मातृका तिवारी ,अतिथिका रूपमा गाउँबेशी कृषि सहकारी संस्थाका अध्यक्ष रबिन कुमार घिमिरे, रामधुनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश कुमार पौडेल , पिपलबोटे बचत तथाऋण सहकारी संस्थाका अध्यक्ष बद्री कुमार बुढाथोकी , सरस्वती महिला साकोस का अध्यक्ष कलम दाहाल स्थानीय प्रहरी इन्चार्ज लगायत अन्य सहकारी संस्थाका संन्चालक समितिका पद अधिकारिहरु , कर्मचारी , सेयर सदस्य शैक्षिक बौद्धिक ब्यक्तिहरुको बाक्लो उपस्तिथिमा यस संस्थाका कर्मचारी सुस्मिता पराजुली ले कार्यक्रम संचालन गर्नु भएको थियो । सहकारी संस्थाले गत बर्ष रु ६ लाख ८७ हजार ३ सय ५७ रुपैया खुद नाफा रहेकोे थियो । भने यस बर्ष ९ लाख ४० हजार ९ सय २४ रुपैयाँ जम्मा खुद नाफा गर्न सफल भएको छ । यस सहकारीले असल ऋणीकर्ता जम्मा -७ जना असली बचतकर्ता – ३ जना , सदस्य बिस्तार गरेबापत ३ जना लाई सम्मान गरेको छ । साथै एस .इ.इ. मा उत्कृष्ट अंक ल्याउने २ जना सेयर सदस्यको छोरा छोरी लाई हौसला स्वरुप रु ३००० का दरले प्रदान गरि सम्मान गरेका छन। हाल सहकारी संस्थामा ५१० जना सेयर सदस्य रहेका छन। त्यस मध्ये २७० जना सेयर सदस्यहरुलाई सहकारी शिक्षा तालीम जस्ता अन्य सामाजिक कार्यमा सक्रिय रहेकोे र भाबी दिनमा सहकारीको वृद्धि बिकास प्रती निरन्तर रूपमा लागिरहने भनी अध्यक्ष धनमाया खड्का कार्कीले बताउनु भयो । यस वार्षिक साधारणसभाले सहकारीको आर्थिक र सामाजिक प्रगतिको समीक्षा गर्दै भाबी योजना निर्माण गरि सम्पूर्ण सेयर सदस्यहरूको हकहितका लागि निरन्तर काम गर्ने श्री प्रकासपुर महिला बहुउद्देश्य सहकारी संस्थाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]