भोक्राहा । सुनसरीको भोक्राहा नरसिंहमा अगुवा किसान सङ्ग खाद्यान्न सम्बन्धि १ दिने सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
विहिवार गाउँपालिकाको सभा हलमा अगुवा किसान विच एक दिने खाद्यान्न सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो।
सुनसरी जिल्ला पुर्व कृषि ज्ञानकेन्द्र प्रमुख नुनु लाल उराँवले अगुवा किसानलाइ प्रशिक्षण दिनु भएको थियो ।
किसानलाई रासायनिकमल प्रयोगबाट विभिन्न रोगलागने भएपछि ओर्गानिक खेतीतर्फ आकर्शीत गराउने कार्यक्रमको मुख्य उदेश्य रहेको थियो । रासायनिकमल महगो र स्वास्थका लागि हानिकारक भएकोले ओर्गानिक खेती गर्न भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले पनि कार्यक्रममा उपस्थित सम्पुर्ण अगुवा किसानहरुलाइ आग्रह गर्नु भएको थियो । साथै आफू पनि किसान परिवारको भएकोले विगत केही बर्ष देखि आफुले खेतिपातिमा ओर्गानिक मल र अषोधी प्रयोग गर्दे आउनु भएको बताउनु भयो।
आयोजित कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका ३ का वडा अध्यक्ष धिरेन्द्र यादव , वडा ४ का वडा अध्यक्ष हारुण अन्सारी , वडा ६ का अध्यक्ष सेराजुदिन मन्सुरी लगायत पालिका भरिका अगुवा किसानहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।