बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा-१० मा रहेको गाउँबेशी कृषि सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
आइतबार सहकारी संस्थाको गत आर्थिक बर्षको तुलनामा ९% शेयर र करिब १७% आम्दानीमा बुद्धि भएको वार्षिक प्रतिबेदनले देखाएको हो ।
सहकारीको १०औं वार्षिक साधारणसभाको अवसरमा सर्बोत्कृष्ट र उत्कृष्ट बचत कर्ता सेयर सदस्य जम्मा २२ जना सेयर सदस्यहरुलाई पुरस्कार तथा संमान गरेका छन। भने सर्बोत्कृष्ट मासिक बचत तर्फ १ जना सेयर सदस्य ,सर्बोत्कृष्ट बालबचत कर्ता तर्फ १ जना सेयर सदस्य ,सर्बोत्कृष्ट सेयर खरिदकर्ता तर्फ २ जना सेयर सदस्य ,असल ऋणी हरु १३ जना सेयर सदस्य पुरस्कार तथा सम्मान गरिएको छ ।
बार्षिक साधारण सभामा सभापतिको रूपमा गाउँबेशी कृषि सहकारी संस्थाको अध्यक्ष रबिन कुमार घिमिरे रहनु भएको थियो। भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की रहनु भएको थियोे ।विशिष्ट अतिथिको रूपमा सुनसरी जिल्ला कृषि सहकारी संघका अध्यक्ष भोलाकाजी बस्नेत , प्रकासपुर प्रहरी चौकी इन्चार्ज भोलानाथ धमला ,बराहक्षेत्र १० वडाका वडा सदस्य नारायण बहादुर पौडेल रहनु भएको थियो । त्यसैगरि अतिथिको रूपमा , पिपल बोटे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बद्रीकुमार बुढाथोकी,रामधुनी बचत तथा ऋण सहकारीका अध्यक्ष गणेश कुमार पौडेल ,नबदुर्गा कृषि सहकारी संस्थाका अध्यक्ष राजु सुबेदि ,प्रकासपुर बहुउद्देश्य सहकारीका अध्यक्ष धनमाया खड्का , लगाएत संचालक समितीका पद अधिकार हरु , कर्मचारी , सेयर सदस्यहरू, स्थानीय समाजसेबि, शैक्षिक ,बौद्धिक ,ब्यक्ति तथा सरोकारवालाहरूको उपस्थितिमा गाउँबेशी कृषि सहकारी संस्थाका सचीव रामप्रसाद निरौलाले कार्यक्रम संचालन गर्नु भएको थियो । साथै स्वागत मन्तव्य संचालक समितिका उपाध्यक्ष बिष्णु कुमारी श्रेष्ठले दिनु भएको थियो ।
साधारणसभामा उपस्थित सम्पूर्ण अतिथि गण हरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
आयोजित साधारणसभा कार्यक्रममा कृषकहरुले बराहक्षेत्र नगरपालिका भित्र रासायनिकमल अभाव महसुस भएको बताएपछि प्रमुख अतिथि बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले
कृषि पेसामा आधारित किसानलाई मल अभाव नहुन दिन आफुहरु पहलमा लागेको बताउनु भयो ।
गाउँबेशी कृषि सहकारी संस्थाले विगत लामो समय देखि कृषि क्षेत्रमा यस संस्थाको कार्य क्षेत्र बराहक्षेत्र नगरपालिकाको ६,७,८,९,१० र ११ वडा भरी भोक्राह नरसिहं गाउँपालिका १,२,३,४ वडा भरी रामधुनी नगरपालिका वडा -८,९ इनरुवा नगरपालिका -८ लगाएत अन्य स्थानीय समुदायमा रहेको सेयर सदस्यहरुलाई कृषिक्षेत्रमा योगदान पुर्याउदै आएको छ । हाल यस कृषि सहकारीमा १६ सय ९४ जना सेयर सदस्य रहेका छन् । यस कृषि सहकारी संस्था मल , बिउबिजन ल्याउने खरिदबिक्री गरि कृषकलाई सेवा प्रदान गर्न सक्रिय रहेकोे र आउने दिनमा अझै कृषि सहकारी संस्थाको वृद्धि बिकासको लागि पर्ने गाउँबेशी कृषि सहकारी संस्थाको अध्यक्ष रबिन कुमार घिमिरेले बताउनु भयो ।