इनरुवा । सुनसरीकाे गढी गाउँपालिका ६ नम्बर वडामा मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि १४ जनाकाे मनोनयन दर्ता भएको छ ।
उपनिर्वाचनमा गढी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि आइतबार नेकपा एमालेबाट सन्तु उराँव, नेकपा माओवादी केन्द्रबाट कुशेश्वर खेरवार यादव,नेपाली कांग्रेसबाट तेतर साह, नेकपा एकीकृत सामाजवादीबाट डाेमी उराँव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपा नेपालबाट कविता कुमारी उराँव , राप्रपाबाट बच्चालाल अरगिरया यादव सहितको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शशि कुमार साह, जनमत पार्टीको तर्फबाट सिताराम यादव, समाजवादी राष्ट्रिय पार्टीको याेगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहताले मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएको उपाध्यायले जानकारी दिनुभयो ।