इनरुवा । देवानगञ्ज गाउँपालिका वडा नं.-६ को कार्यालयबाट अन्लाईन दर्ता/चलानी सिफारिसको शुभारम्भ भएको छ ।
आइतबारदेखि अन्लाईन दर्ता, चलानी लगायतका सिफारिसहरु सुरु भएको हो।
अन्लाईन दर्ता ,चलानी तथा अन्लाईन सेवा मार्फत पहिलो सेवाग्राहीको रुपमा देवानगनञ्ज गाउँपालिका-६ बस्ने अशोक मेहताको देवानगञ्ज गाउँपालिका अन्तर्गतको कृषि शाखाको नाउमा सिफारिस लिएको छ ।
उक्त अनलाइन दर्ता/चलानीको सुरुवात वडाअध्यक्ष हरिनन्दन मेहताको हात बाट शुरुवात गरिएको थियो ।