गर्भवती महिलाहरुलाई डिग्निटी किट वितरण

Logo
हाम्रो पालिका खबर शनिबार, मंसिर ०१, २०८१

। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका बाढी प्रभावित क्षेत्रमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को सहयोग, नेपाल रेडक्रस सोसाईटी सुनसरीको समन्वय र गाउँपालिकाको पहलमा गर्भवती महिलाहरुलाई डिग्निटी किट र किशोरी किट वितरण गरेको छ ।

यूएनएफपीएले स्थानीय सरकारसँगको साझेदारीमा बाढी प्रभावित गर्भवती महिला तथा किशोरीलाई सहजताका लागि अत्यावश्यक सामग्री वितरण गरेको हो । बाढी प्रभावित महिलाहरु मध्ये सात सय गर्भवती, किसोरीहरुहरुलाई साडी, चोलोदेखी व्यक्तिगत सरसफाई सहित स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बाढी प्रभावित क्षेत्रमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए)को सहयोग, नेपाल रेडक्रस सोसाईटीको समन्वय र गाउँपालिकाको पहलमा गर्भवती महिलाहरु डिग्निटी किट वितरण गरेको जानकारी दिनुभयो ।
आजादले विपत्का वेला महिला तथा किशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवालाई निरन्तरताका दिन यूएनएफपीएको सहयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । यहाँका महिला तथा किशोरीका लागि ७०० डिग्निटी किट्स वितरण गरेको छ । गर्भवती र सुत्केरी सहित महिला तथा किशोरीको महीनाबारी लगायत आधारभूत स्वच्छता तथा सुरक्षाको सुनिश्चितताका लागि डिग्निटी किट्स वितरण गरिएको आजादले जानकारी दिनुभएको छ।
मानवीय विपत्का वेला विद्यमान लैङ्गिक विभेद, यौन तथा प्रजनन स्वास्थ्यमा गरिने बेवास्ताका कारण महिला तथा किशोरी सबैभन्दा बढी प्रभावित हुने भएकाले सहयोग गरिएको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]