इनरुवा । जनमत पार्टीको केन्द्रीय अध्यक्ष डा.सि. के.राउँतले आफ्नो पार्टीको तर्फबाट मंसिर १६ गते हुने उप निर्वाचनमा सबै ठाउँमा उमेदवार उठाउने र जित्ने दाबी गर्नु भएको छ । सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा पार्टीले आयोजना गरेको आम सभा तथा चुनावी सभालाई सम्बोधन गर्नुहुदै सो दावी गर्नुभएको हो । शुक्रबार राउँतले उपनिर्वाचनमा गढी ६ सहित विभिन्न स्थानीय तहमा आफ्नो पार्टीबाट उमेदवार बनाउने जानकारी दिनुभयो । जनमत पार्टी जनताका लागि नयाँ पार्टी भएकाले विगतका ठूला भनिएका र जनतालाई न्याय दिननसेको दल भन्दा आफूहरुले विकास र काममा विश्वास गर्ने भएकाले मतदाताहरुले आफ्नो पार्टीका उमेदवारहरुलाई जिताउने दाबी गर्नुभयो ।
राउँतले सबै क्षेत्रमा जनमत पार्टी प्रति जनलहर चलेको समेत दाबी गर्नुभयो । उहाले झापा देखि पश्चिमसम्म आफ्नो पार्टीमा जनलहर चलेको समेत दाबी गर्नुभयो । फरक प्रसङ्गमा नयाँ शक्तिहरुलाई राज्यले तह लगाउन खोजेको छ भन्ने धेरैको जिज्ञासा रहेकाले त्यसमा देशको निष्कलंक पार्टी जनमत भएको दाबी गर्नुभयो । कार्यक्रममा पार्टीका प्रदेश नेता हरेराम मण्डलले सुनसरीमा संगठन विस्तार हुदै गएको बताउनुभयो । उहाँले गढी ६ मा जनमत पार्टीका उमेदवार जगनारायण यादवलाई जिताउन अभियान समेत थालेको बताउनुभयो ।