उपनिर्वाचनका लागि गढी ६ मा निर्वाचन अधिकृतको कार्यालय स्थापन

Logo
सुरेन्द्र कुशवाहा शनिबार, मंसिर ०१, २०८१

 

इनरुवा । मंसिर १६ गते हुने आसन्न स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार सुनसरीको गढी गाउँपालिका ६ नम्बर वडामा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ । उपनिर्वाचन हुने स्थानीय तह गढी ६ नम्बर वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । उपनिर्वाचन हुने गढी गाउँपालिका ६ नम्बर वडामा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका प्रमुख कृष्ण प्रसाद दाहालले जानकारी दिनुभएको छ । आगामी मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।
मङ्सिर ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मङ्सिर १६ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]