गढिका बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति

Logo
हाम्रो पालिका खबर शुक्रबार, कार्तिक ३०, २०८१

 

इनरुवा । सुनसरीको गढी गाउँपालिका ५ नम्बर वडा कार्यालय सतैरझोराले आफ्नो वडाका चार सामुदायिक विद्यालयको बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित छात्रवृत्ति वितरण गरेको छ ।

गढी गाउँपालिका ५ नम्बर वडा कार्यालयले बालबालिकालाई शैक्षिक सामग्री र टि सर्ट हस्तान्तरण गरिएको हो । गढी ५ को श्री जनता आधारभुत विधालय, सरस्वती आधारभूत विधालय, गंगा आधारभुत विधालय, श्री आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री र टि सर्ट हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख अथिति गढीका उपाध्यक्ष अनिता कुमारी साह, वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र कुमार सरदार, वडा सदस्यहरु श्याम कुमार यादव, साम्रि गुरुङ, राधा ऋषिदेव, वडा सचिव श्याम कुमार साह सहितकाले छात्रवृत्ति प्रदान गर्नुभयो ।

वडाका विभिन्न सरोकारबाला, प्रधानाध्यापक , शिक्षक र विधार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे । गढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र कुमार सरदारको अध्यक्षतामा सम्पन्न भएकोे थियो । उक्त कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण पत्रकार जयकृष्ण यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]