बराहक्षेत्र । बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा बिजेता वडा`३´भएको छ भने उपबिजेता वडा`९´भएको छ त्यसै गरि तृतीय स्थान वडा `७´ ले हासिल गरेको छ । बिजेता वडा`३´ले नगद रु २५ हजार सहित मेडल ,ट्रफि र प्रमाणपत्र हात पारेको हो । भने उपबिजेता वडा`९´ले नगद रु १५ हजार सहित मेडल ,ट्रफि र प्रमाणपत्र हात पारेको छ । तृतीय स्थान हासिल गर्ने वडा `७´ ले नगद रु १० हजार सहित मेडल ,ट्रफि र प्रमाणपत्र हात पारेको छ । चौथो स्थान हासिल गर्ने वडा `८´ले नगद रु २५ सय हात पार्न सफल भएको हो । त्यसै गरि बिधागत रूपमा उत्कृष्ट लिइब्रो वडा ९ को खेलाडी प्रताप राई ले ११०० सय सहित ट्रफि पाएको छ , उत्कृष्ट स्पाइकर वडा ३ को खेलाडी दिनेश खड्का ले ११०० सय सहित ट्रफि पाएको छ । भने उत्कृष्ट सटर वडा ३ का खेलाडि देवराज थापाले ११०० सय सहित ट्रफि पाएको छ र महत्त्वपूर्ण भलिबल खेलाडिको रूपमा वडा ९ का खेलाडि दिनेश लोहार ले ११०० सय सहित ट्रफि पाएको छ । चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता को फाइनल खेलको
सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो। भने प्रमुख अतिथिको रूपमा
बराहक्षेत्रको नगर प्रमुख रमेश कार्की रहनु भएको थियो । विशिष्ट अतिथिको रूपमा उप्रेन्द्र व .कट्वाल , सुमन बस्ने , दिपक लिम्बू असिस राई रहेको थियो । अतिथिहरुमा रूपमा बराहक्षेत्र वडा -९ को वडा सदस्य भगवती खड्का र चतुरलाल चौधरी , बराहक्षेत्र ८ वडा सदस्य नबिना बि.क , स्थानीय प्रहरी इन्चार्ज , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा फाइनल खेल सम्पन्न भएका थिए । आज प्रतियोगिताको फाइनल दिन स्वागत नृत्यले अझ मनोरञ्जन प्रदान गरेको थियो । साथै सम्पुर्ण सहयोगी दाता हरुलइ कदर पत्र सहित संमान गरिएको भनी आयोजकका अध्यक्ष दिपक राईले जानकारी दिएको छ ।
यस खेलको मुख्य प्रायोजक बराहक्षेत्र ९ र सहायक प्रायोजक बराहक्षेत्र ८ र बराहक्षेत्र नगर खेलकुद बिकास समिति रहेकोे थियोे ।
प्रतियोगिताले युवाहरूलाई खेलकुदको माध्यमबाट अनुशासन, नेतृत्व विकास र सहकार्यको भावना जगाउने लक्ष्य लिएको छ ।भनी आयोजकका सचीव मौसम राईले जानकारी दिएको छ ।