सुनसरीमा बाढीका कारणले २ करोड भन्दा बढीको धानखेतीमा क्षति

Logo
अजित झा सोमबार, आश्विन २१, २०८१

इनरुवा  । सुनसरी देवानगन्ज गाउँपालिका–२ का रामबृक्ष मेहताले ५ बिघा भन्दा बढीमा धान खेती गर्नभएको थियो ।
उहाँले बिभिन्न जातको धान खेती गर्दै आउनुभएकोमा करिव २ बिघा भन्दा बढीमा घुटराज जातको धान खेती गर्नुभएको थियो । दशै अगाडि नै धान भित्रयाई आफूलाई पुग्ने राखेर बाकी रहेको धान बिक्रि गरि आएको आम्दनीबाट राम्रोसंग दशै मनाउने सुनसरीमा धान खेती गर्दै आउनुभएका किसानको सोच रहेको थियो ।
यही असोज ११,१२ र १३ गते बर्षासंगै आएको बाढीले धान खेती गर्दै आउनुभएका किसानको सबै सपना चकनाचुर भएको छ । बाढीका कारणले रामबृक्ष मेहताले लगाएको धान माध्यै १० कठ्ठा भन्दा बढीको धान खेतीमा क्षति भएको छ । मेहता जस्तै भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो ।
उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाई लगायत व्यवस्थाका लागि प्रति बिघा रु ४० हजार खर्च गर्नुभएको थियो । बाढीले घर भित्रयाउने धानखेतीमा क्षति हुदा दशै दशा भएरै आएको बताउनुभयो ।
रामबृक्ष र शिवनारायण दुई जना उदाहरणका पात्र मात्र हुुनुहुन्छ । बाढीका कारणले जिल्लामा सय भन्दा बढी किसानको धान खेतीमा क्षति भएको छ । किसानले प्रति बिघा ३० हजार रुपैयाँ देखि ४० हजार रुपैयाँ लगानी धान खेती गर्दैै आउनुभएको छ ।
किसानले प्रति बिघा ३० हजार रुपैयाँ देखि ४० हजार रुपैयाँ लगानी धान खेती गर्नु समान्य कुरा नभएको कृषि बिकास बैंक केन्द्रिय कार्यालयका कानुन अधिकृत राजकिशोर मेहताले बताउनुभयो ।
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै किसानको लाखौँको लगानीमा क्षति भएको स्थानीय किसानले बताएका छन् । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको तथ्याङक आउने क्रम जारी रहेका बेलामा अहिले सम्ममा प्राप्त तथ्यांक अनुसार बाढीले १ सय ९५ हेक्टर क्षेत्रफल धान क्षतिमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निल कमल सिंहले जानकारी दिनुभयो ।
१ सय ९५ हेक्टर क्षेत्रफल धान खेतीमा क्षति हुदा २ करोड ५० लाखको क्षति भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख सिंहले बताउनुभयो । बाढीबाट क्षति भएको धान खेतीको तथ्याङक आउने क्रम जारी रहेकाले यसमा केही बढ्न सक्ने उहाँको भनाई रहेको छ ।–––

प्रतिक्रिया
हाम्रो बारे
  • यो website दर्ता प्रक्रिया मा छ

कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१

पान न. ६१९८१३५९६

हाम्रो टिमहरु

यो website दर्ता प्रक्रिया मा छ

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका ,
उपशाखा कार्यालय इनरुवा ९८१७३४७५२९

Imail:ynicmediag2080@ gmail.com

 बिज्ञापनको लागि ९८०५३४४७४४,
Imail: [email protected]