जुवा खेल्ने ९ जनाको समुह प्रहरीको नियन्त्रणमा

Logo
हाम्रो पालिका खबर बुधबार, आश्विन ०२, २०८१

 

विराटनगर। मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा भदौ २९ गते राती ८ बजे परिचालन भएको टोलीले ग्रामथान-४ कटहरा टोल स्थित महिला समुहको सामुदायिक भवनमा (बाँसको टाठी र टिनको छाना भएको) जुवा खेलीरहेको अवस्थामा जुवा जन्य बस्तु र नगद रुपैया सहित नौ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ ग्रामथान-४ का ५५ बर्षीय अहिलाल माझी, ग्रामथान-४ का ५९ बर्षीय शिवनारायण माझी, सुन्दरहरैंचा नगरपालिका-१ का ४५ बर्षीय जय किश्वर साह, सुन्दरहरैचा-१ का ५० बर्षीय जनक कुमार मास्के, सुन्दरहरैचा-३ का ३० बर्षीय प्रताप भन्ने ईच्छा राई, लेटाङ नगरपालिका- ९ का ३८ बर्षीय लोकनाथ सापकोटा, झापा दमक नगरपालिका-१० का ४६ बर्षीय ऋतुबर्ण नेम्वाङ, सुनसरी धरान उपमहानगरपालिका-१५ का ४५ बर्षीय युबक राई र महोतरी गौसाला नगरपालिका-१ का ४५ बर्षीय महेश साह रहेका छन ।
प्रहरीले जुवाको खालबाट कौडा १६ थान, तास १२ बुक, पाउडर २ बट्टा, कपडाको झोला २ थान, मोबाईल १५ थान र नगद १८ लाख ४९ हजार ५ सय रुपैया समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो website दर्ता प्रक्रिया मा छ
कम्पनी दर्ता न. ३२३८६७/०८०/०८१
पान न. ६१९८१३५९६
सुचना तथा प्रशारण विभाग दर्ता न.
प्रेस काउन्सिल सूचीकरण न .

हाम्रो टिमहरु

अध्यक्ष तथा संचालक  : सुरेन्द्र मेहता
कोशी प्रदेश प्रमुख : सन्तोष मेहता
डेक्स रिपोर्ट :
इनरुवा रिपोर्ट : चन्दन मेहता
कानुनी सल्लाहकार :

सम्पर्क

युनिक मिडिया ग्रुप प्रा.लि.
भोक्राहा नरसिंह गाउँपालिका,
कार्यालय इनरुवा ९८१७३४७५२९
Email: ynicmediag2080@ gmail.com
बिज्ञापनको लागि ९८०५३४४७४४,
Email: [email protected]